महिला प्रजनन स्वास्थ्य अभिमुखिकरण कार्यक्रम

प्रकाशित समय 7:45:00 AM
मिर्चैया, २५ जेष्ठ ।  मिर्चैया सचेत नागरिक समाज अमरैया सप्तरीको संस्थाले मिर्चैया नगरपालिका–६ स्थित महामन्त्र मिडिया ग्रुप प्रा.लि.को सभाहलमा एक दिने महिला प्रजनन स्वास्थ्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अभिमुखिकरण कार्यक्रम
मा यस संस्थाका कार्यकारी निर्देशक संजय कुमार यादवले अध्यक्षता गर्नुभएको थिया भने मिर्चैया अतिथी मा मिर्चैया नगरपालीकाको लेखापाल देवेन्द्र यादव, मिर्चैया नगरपालीकाका खरिदार राजगीर यादव त्यस्तै पत्रकार अभरेन्द्र यादव, नेपाल आदिवासि जनजाती महासंघ सिरहा का अध्यक्ष डेनक मोक्तान समेत अतिथीको आसनग्रहण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अतिथी पत्रकार अभरेन्द्र यादवले महिलाहरुको प्रजननमा देखिने समस्या प्राय महिलाहरुले प्रष्टरुपमा कसैसंग नराख्नु नैरहेको औंल्याउनु भएको थिया भने कार्यक्रमका सभापति ज्युले अन्य गैर सरकारी संस्थाहरुले गर्नेकार्यक्रमहरुको प्रभावकारीता र उपस्थिती सहभागीहरुको संख्याले आफु धेरै खुसिरहेको र यस कार्यक्रमले केही हद सम्म महिलाहरुमा हुने पैजनन सम्वन्धि रोगहरु निवारणमा पक्कै पनि सहयोग पुग्ने अपेक्षा राखेको र आगामी दिनहरुमा यस्तो प्रकारको तालिमहरु ल्याउने वाचा समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कार्यक्रम प्रशिक्षक सगरमाथा नर्सिङ्ग कलेज लहानका कार्यक्रम संयोजक जिवस कुमारी राईले सम्पुर्ण सहभागीहरुलाई महिला प्रजनन स्वास्थ्य सम्वन्धी अभिमुखिकरण गर्नुभएको थियो । त्यस्तै उद्घोषकमा जितेन्द्र सिंह दनुवार र सहजकर्तामा सिर्जना राय दनुवारले कार्यक्रमलाई संचालन गर्नमा सहयोग पु¥याउनु भएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »