प्रदेश नम्बर १, ५ र ७ को निर्वाचन खारेज हुन्छ : राजपा नेता झा

प्रकाशित समय 7:08:00 PM
सन्तोष यादब
सिरहा, १० असार । राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य अनिल झाले सरकारले प्रदेश नम्बर १, ५ र ७ मा निर्वाचन गराएपनि आफूहरु निर्वाचन खारेज गराउने चेतावनी दिएका छन् ।
सिरहाको लहानमा पत्रकार सम्मेलनको आयोजना गरी नेता झाले मधेसी जनताको भावना विपरित सरकार जर्वजस्ती निर्वाचन गराउन लागेकोले खारेज गराउने चेतावनी दिए । उनले भने, अब बस्ने अध्यक्ष मण्डलको बैठकबाट प्रदेश नम्बर १, ५ र ७ का मधेसी बाहुल्य जिल्लाको निर्वाचन खारेजको माग थप्ने औपचारिक निर्णय हुन्छ ।’
नेता झाले सरकारले प्रदेश नम्बर २ को मात्र निर्वाचनको मिति सारेर धोका दिएको आरोप लगाए । ‘ऋण लिएपछि जसरी तमसुक गराउँछ, हामीले त्यसरी नै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि तमसुक गराएका छौं, उनले भने, ‘त्यसैले देउवा भाग्न सक्दैन । हामी ब्याजसहित ऋण असुल्छौं ।’ देउवा सरकारले एउटा गल्ती गरिसकेको बताउँदै उहाँले गल्तीमाथि गल्ती गरिरहे असार १४ पछि सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि बताए । सञ्चारकर्मीको जिज्ञासामा उनले भने ‘देउवा राजधानी बाहिर जानुभएको छ । संसद बैठक असार १८ गतेसम्मका लागि स्थगित छ । त्यसैले अहिले नै समर्थन फिर्ता लिन सकिदैन् ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »