जेष्ठ । धनुषा जिल्लाको यदुकोहा वडा नम्बर एक घर भइ काठमाडौंमा पढ्दै आएका राहुल साहको हत्या भएको आशंका परिवारजनले गरेको छ । ललितपुरको हात्तिवनस्थित लिटल एन्जल्स बोर्डिङ स्कुलको कक्षा ८ मा पढ्दै आएका १४ वर्षीय साहको हत्या भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी दिएका छन् ।
विद्यालयको होस्टेलमा बसेर बढ्दै आएका साहको सोमबार साँझ स्वीमिङ पुलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । तर परिवारले भने हत्या भएको दाबी गरेका छन् ।
साहलाई डुबेको अबस्थामा देखेपछि उद्धार गरी अस्पाताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । उनको शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पातालमा राखिएको काका सत्यनारायण साहले बताए ।
बालकका आफन्तले राहुलको मृत्यु स्वाभाविक नभई हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिएको साहले बताए । सुरक्षा घेरामा रहने होस्टल भित्रै डुबेर मृत्यु हुनु रहस्यमय भएको भन्दै आफन्तले विद्यालयका सञ्चालक उमेश श्रेष्ठ, दिनेश श्रेष्ठ विद्यालयका प्रिन्सिपल, होस्टल वार्डेन लगायत बिरुद्ध किटानी जाहेरी दिएका हुन् ।
