उपचार गराउन गएको विरामीको दुर्घटनामा मृत्यू

प्रकाशित समय 8:16:00 PM
गोलबजार, ३१ जेष्ठ । सिरहाको गोलबजारबाट बिरामी ल्याएर आउँदै गरेको एम्बुलेन्स इटहरीमा दुर्घटना हुँदा बिरामीको घटनास्थलमा मृत्यु भएको छ । इटहरीको न्यु स्यार्सेकाली पेट्रोल पम्प नजिकै स१प ११९० नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा बिरामी ६ वर्षीया भूमिका उराँवको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते बनेका छन् । घाइते हुनेमा मृतककी आमा ३५ वर्षीया कविता उराँव र सन्तोष उराँव रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरु गोलबजार–११ का हुन् । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको क्षेत्रीय ट्राफिकले जानकारी दिएको छ । मृतक उराँवलाई धरानमै उपचारको लागि ल्याइदै गरिएको प्रहरीले जनएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »