स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

प्रकाशित समय 10:04:00 AM
काठमाडौं, ११ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले असार १४ गते हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् । स्थानीय निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनका लागि स्वीकृति प्रदान गरेकी हुन् । स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्ले गएको असार ७ गते सरकारसमक्ष सिफरिस गरेको थियो । त्यस्तै मन्त्रिपरिषदको असार ८ गतेको बैठकले निर्णय गरेको थियो । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमनत्री शेरबहादुर देउवाले सुरक्षा परिषदको सिफरिस र मन्त्रिपरिषदको निर्णय सहित असार ८ गते सेना परिचालनका लागि राष्ट्रपति समक्ष सिफरिस गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेकी हुन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »