तीनसय ३२ वटा लाइसेन्स प्राप्त हतियारमा ३२ मात्र बुझाइयो

प्रकाशित समय 8:12:00 PM
गोलबजार, ३१ जेष्ठ । जिल्ला प्रशासन कार्यालय सिरहाबाट लाइसेन्स प्राप्त हतियार बुझाउन पटक पटक आग्रह गर्दापनि अहिलेसम्म ३२ वटा मात्र हतियार बुझाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार जिल्लामा लाइसेन्स प्राप्त हतियार तीन सय ३२ वटा रहेपनि ३२ वटामात्र हतियार बुझाइएको हो । हतियार लिनेहरु धेरैजसो जिल्ला बाहिर भएकाले हतियार ल्याउन समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिनुभयो । उहाँले अझैपनि समय रहेकाले हतियार संकलन कार्य जारी रहेको बताउनुभयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »