फर्जी राष्ट्रियताले निम्त्याएको संकीर्णता

प्रकाशित समय 10:38:00 AM
–एम.जे. झा
कुनै विद्धानले भनेका रहेछन् – सरकार र सरोकार बिचको लडाईमा समाजका अगुवा (ईलीटहरु) हमेशा सरकारको पक्षमा उभिने गर्छ । यसको पछाडि निहित मनोविज्ञान अध्ययन गर्दैजादा के निश्कर्समा पुगीन्छ भने – सत्तामा आसिनहरुले यी अगुवाहरुलाई हतपत गिज्याउने दुस्प्रयास गर्दैन किनकि यिनीहरुपनि सताधारीहरुको विरुद्धमा उभिए कसैको सिंहासन धेरैदिन टिक्न नसकेको उदाहरण इतिहासमा जति पनि छ । नेपालको सत्ता दसकौदेखि त्यस्तै अगुवाहरुको कब्जामा छ । अल्पसंख्यकहरुमा वा अल्पजनमत बोकेकाहरुका लागि एक हिसाबले अघोषित निषेध नै छ, नेपाली सत्ताका गल्लीहरु । आफुलाई नेपाल चिनाउने, प्रतिनिधित्व गर्ने स्वघोसित ठेकेदार भन्ठान्छ केहि जाति–समुदायका ठालुहरु । संसारकै राजनीतिक इतिहाँसले के देखाउंछ भने – आफु सत्तामा रहिरहन यस्ता शक्ति वा समुहहरुले बेलाबेलामा जनमतलाई विभाजित गरिरहन परिस्थितीलाई आफु अनुकुल परिभाषित गर्छ र विभिन्न प्रोपागान्डाहरु रच्ने गर्छ । नेपालमा राणा वा साहिसत्ता–राजाको पालामा पनि व्याप्त र गएको केहिंवर्ष देखि फेरिपनि मलजल पाउँदै आएको त्यस्तै प्रोपागाण्डा मध्ये एक हो –राष्ट्रवाद । फर्जी राष्ट्रवाद ।
फर्जी राष्ट्रवादले एकतिर राजनीतिमा हरेक नयाँ विचारलाई विखण्डनवादी नजरले हेर्दै आएको छ भने अर्काेतिर यसबाट समाजका कला, साहित्य, संस्कृति कुनैपनि क्षेत्र बन्चित छैन । संक्रमण बढ्दै नै छ । यस्तै संक्रमणको परिणाम र संकीर्णताको पराकाष्ठा मधेश मुलकि निकिता चन्दकले मिस नेपालको उपाधी जीत्ने बितीकै झल्किन थाल्यो सामाजीक संजालमा । भारतमा मोडलीङ गर्दै ‘फेसन कम्युनीकेसन’ अध्ययन गर्दै गरेकि निकितालाई गैर–पाहाडि भएकै कारण सामाजीक संजालमा सामान्य नागरिकदेखि ठुला पत्रकारसम्मको संकीर्ण टिप्पणीको सामना गनुपर्यो जस्लाई पढ्दा यहाँ विसाप्त मनोविज्ञान मापन गर्न गाह्रो छैन ।
यसअघि भारतको हरेक कुरालाई नकारात्मक नजरले हेर्ने, जहिले गलत टिप्पणीमात्र गर्ने तर उपभोग गर्नपनि नछोड्ने यी राष्ट्रवादिहरुले मनीसा कोईराला, प्रशान्त तामाङ्ग (जो नेपाली हैनन), तेरिया मगर लगायतमा भने गर्व गर्छन । उनीहरुको समाचारले नेपाली मिडिया खुब रंगीन बनाईन्छ । म सोध्न चाहन्छु – किन?
एउटा प्रसंगः
प्रशान्त तामाङ्गले ‘ईन्डियन आईडल’को उपाधी जीतेको भोलीपल्ट हो क्यारे–त्रिचन्द्र क्याम्पसको वातावरण विज्ञान विभागमा सधै विद्यार्थीहरुको अगाडि ‘सिरियस’ भएर प्रस्तुत हुने प्राध्यापकहरुलेपनि मुखमा भर्खर प्रेममा परेका जोडीहरुले नबोली मुस्कानले नै संवाद गर्ने खाले भावसहित मौन संवाद गर्दै थिए । कारण थियो – प्रशान्त तामाङ्ग । एक भारतीय जस्ले भारतीय टेलीविजनबाट प्रसारित हुने कार्यक्रम मार्फत त्यो उपाधि जीतेका थिए र हाम्रा ठालुहरु यो भ्रममा गर्व गर्दै थिए कि प्रशान्त नेपाली हो । वैदेशीक शिक्षामा जाने विद्यार्थीहरुका कारण करोडौ रकम विदेशीने चिन्ता धेरैमा थियो र, छ तर चन्दा संकलन गरेरै प्रशान्तलाई जीताउन पनि करोडौ रकम बाहिरिएको थियो तर दिग्भ्रमीत हाम्रो समाज ‘साईलेन्ट’ थियो । प्रशान्तभन्दा अब्बल अभित पल हार्दै थियो अर्थात कला हार्दै थियो र त्यही दरले हावी हुंदै गैरहेको थियो फर्जी राष्ट्रवादपनि ।
मैले उनको जीतबारे कसैसंगपनि कुनै प्रतिकृया व्यक्त नगर्दै प्राध्यापकहरुको कक्षभीत्र प्रवेश गर्ने अपराध गरे । आसाले भरिपुर्ण मैले एक गुरुआमालाई भर्खरै लेखेको लेख ‘रिभिउ’ गरेर ‘फिडब्याक’ दिन अनुरोध टक्रयाएको थिए ।
त्यहा उपस्थित एक गुरुबाले अनअपेक्षीत तीर चलाउदै सोध्नुभो – अनी झा, कस्लाई भोट गर्यौ? ‘मैले कसैलाई गरिन सर ! किन व्यर्थ पैसा खर्चगर्नु?’ मैले जवाफ दिए । हैन! एउटा नेपालीले जीतेकोमा खुशी छैनौ तिमी? गर्व छैन तीम्लाई? कस्तो नेपाली हो यार? वहाँले यक्ष प्रश्न तेसर््याउनु भो । मैले सबै प्राध्यापकहरुको अगाडि अपमानीत महसुस गरे । वहाँलाई ठाँडो जवाफ दिएर अपमान गर्नु उचीत हुन्थेन । तर त्यहाँ उपस्थित मेरा सहपाठिहरुले पछि जीस्काउने आधार पाउंने डरपनि थियो मलाई । वास्तवमा वहाँले मलाई यसरी घोच्याएर प्रश्न सोध्न हुँदैनथ्यो । तर चुप लाग्नु मौन स्विकारेक्ति ठहरिन सक्थ्यो अतः मैले नम्रताकासाथ भने सर, दार्जीलीङ्ग कहिलेपनि नेपालको भुभाग थिएन । दार्जीलीङ्ग र सिक्किम जस्लाई धेरैले नेपाल भन्ठान्छ उसले बुझ्नुपर्ने हो कि त्यहाँ पहिलेदेखि नै टिबेटियनहरु राजा थिए र नेपालीहरु भरिया वा कामदारको रुपमा गएकोले त्यहाँ बसोबास गर्दै आएका हुन् । अर्थात अवसरको खोजीमा चाहे बाध्यताले होस या चाहनाले नेपाल त्यागेकाहरु हुन उनीहरु । नेपाली भाषा बोल्छन तर नेपाली हैनन् । भारतीय हुन । अझ तपाईलाई जानेर दुःख होला कि उनीहरु नेपाली हैन नेपालीभाषी भारतीय पहिचान चाहन्छ । त्यही परिचय दिन्छ । प्रशान्त तामाङ्ग भारतीय हो । अझ कला र संगीतको ग्यान हुने र सम्मान गर्नेले उसले घरमा कुन भाषा बोल्छ भन्ने हैन उसले कस्तो गाउछ त्यसको मुल्यांकन गर्नुपर्ने हो । यदि यसलाई आधार मान्ने हो भने प्रशान्त जीत्न योग्य थिएन । मैले परिस्थिती सामान्य बनाउन खोज्दै थपे –म तपाईको विचारलाई सम्मान गर्छु तर यो तर्कलाई स्विकार्ने–नस्विकार्ने, मेरोपनि विचारलाई उचित सम्मान दिने–नदिने अधिकार सबैमाथी निहित छ तर त्यस अवस्थामा हामीले यसमाथी बहस गर्नुभन्दापनि आआफ्नो विचारमाथी मनन गर्नु उचित होला ।
मेरो यत्रो लामो जवाफरुपी बयान सुनेर वहाँ निरास हुनुभो । सायद वहाँको ‘इगो हर्ट‘ भयो र वहाँले थप्नुभो ‘त्यो सब त नेताले भन्ने हो । आफ्नो मातृभाषा बोल्ने जहाँ सुकैको होस माया त लाग्छ नि यार ।’ यसमा मेरो ठाँडो जवाफ थियो – मेरो मातृभाषा नेपाली हैन, सर । माफ गर्नुहोला, तर सोध्न चाहन्छु– के नेपाली भाषी नभएकै कारण मसँग पढ्ने साथी र मलाई फरक–फरक नजरले हेर्न मिल्छ? के तपाईले मलाई र मेरै गैर मधेशी साथीको कापी जाँच्ने बेला एउटै परिभाषा लेखेपनि उसलाई बढि नम्बर दिनुहुन्छ? वहाँको अनुहार मलीन भयो, निकै क्रोधित देखिनुभो, नाजवाफ भएर पानी पीउन थाल्नुभो । वहाँले प्रयोगात्मक परिक्षामा चाहे मलाई डुबाउनसक्ने कुराको अहसास थियो मलाई । तर त्यतीखेर चुप बसेर मेरो आत्मसम्मानमा जुन ठेस लाग्नेवाला थियो त्यसको बढि चिन्ताथियो मलाई ।
अन्त्यमा, जवाफ दिनेबेला कुनै सिमा नाघेकोभए मलाई माफ गर्नुहोला, मैले तपाईलाई गर्ने सम्मानमा कुनै कमी आउने छैन भन्दै त्यहाँबाट बाहिरिए । धन्न वहाँले आफ्नो धर्म त्याग्नु भएन । बरु पहिलेभन्दा बढि माया गर्न थाल्नुभो । नतीजा आउदा अब्बल नम्बर ल्याउनेहरु मध्ये एक थिए म । तर सधै यस्तो ‘ह्यापी ईन्डिङ’ भएको छैन, हुँदैन । कला होस कि साहित्य, राजनीति होस कि सार्वजनीक सरोकारको विषय यहाँ सबकुरालाई कथीत राष्ट्रवादको तराजुमा नाप्ने गरिन्छ । पटक–पटक निकिता चन्दकहरुको खिल्ली उडाईन्छ, उसको पहिचानमाथी प्रश्न गरिन्छ । पटक–पटक मौन बसेका एमजे झाहरु अपमानीत हुन्छ, उसको स्वाभिमानमाथी ठेस पुर्याईन्छ । हैनभने उसले स्पस्टीकरण दिनु पर्छ र त्यस वापत मुल्य चुकाउनु पर्छ । म पटकपटक चिन्तन गर्ने गर्छु– के यस्ता संकीर्णताको बोझ बोकेर हामी देशलाई अगाडि बढाउन सक्छौं? कतै हामी भ्रमको विरता बोकेर पराजीत मानसिकतालाई बढावा दिदै त छैनौ? यसअघीकि ढिला होस् –जवाफ यसै पुस्ताले दिनुपर्छ । फर्जी राष्ट्रवाद र संकीर्ण मानसिकता नत्यागेसम्म राष्ट्रिय एकता सम्भव छैन ।
इसमताबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »