उदयपुरमा काठ वितरणमा मनोमानी, उपभोक्ताभन्दा ठेकेदारले बढी पाएपछि स्थानीय आक्रोशित

प्रकाशित समय 5:20:00 PM
  उदयपुर, २० जेष्ठ । उदयपुरका वनबाट उत्पादन भएको काठ स्थानीय उपभोक्तालाई भन्दा बढी ठेकेदारलाई बिक्री गरेका कारण  स्छथानीयहरु आक्रशित बनेका छन्। सामुदायिक वन उपभोक्ता समूहका पदाधिकार र वनका कर्मचारीको मिलेमत्तोमा ठेकेदारलाई बिक्री हुने गरेपछि उपभोक्ताहरु आक्रोशित बनेका हुन्।
सामुदायिक वनहरुमा उत्पादित काठ उपभोक्ताभन्दा बढी ठेकेदार बिक्री गर्ने गरिएको उपभोक्ताको गुनासो छ। ‘गाउँका स्थानीय उपभोक्तालाई काठ अति आवाश्यक परेको छ’ कटारी नगरपालिका ५ का स्थानीय ज्ञानेन्द्र कटुवालले भने, ‘सावउसका पदाधिकारी र वन कार्यालयका कर्मचारीको साँठगाँठमा ठेकेदारलाई काठ दिइन्छ। विभिन्न बहानामा जिल्लाका अधिकांश सामुदायिक वनहरुले उपभोक्तालाई भन्दा बाहिरी बिक्री बितरणमा जोड दिने गरेको उपभोक्ताले गुनासो गरेका छन्।
स्थानीयस्तरमा काठको आवश्यकता भए पनि उपभोक्ताले धान्नै नसक्ने महँगो मूल्य राखेर काठ बाहिर बिक्री वितरण गर्ने गरेको कटारीका स्थानीय दीपक लामिछानेले बताए। ‘स्थानीय सावउसका पदाधिकारी र कर्मचारीको मिलेमत्तोमा काठको मुल्य बढी राखिन्छ,’ उनले भने, ‘अनि ठेकेदारलाई बिक्री गर्दा पनि सेक्टर वन कार्यालयका कर्मचारीसमेत बोल्दैनन्।’ सामुदायिक वनहरुबाट काठ बाहिर जाने क्रम बढिरहेको छ।
यसमा अनुगमन गर्ने निकायहरुले गम्भीतापूर्ण अनुगमन नगर्दा आफूहरु मारमा पर्ने गरेको उपभोक्ताहरुको गुनासो छ। मुख्यत जिल्ला वन कार्यालयले चासो दिनुपर्नेमा भए पनि दिएको छैन। उदयपुर गढी गाउँपालिका ७ मा रहेको विश्वकन्चन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर बस्नेतले आफ्नो सावउसमा ठेकेदारलाई भन्दा उपभोक्ता र स्थानीय बजारमा बिक्री गर्ने गरेको बताए।
‘जिल्लाका धेरै सावउसका पदाधिकार र कर्मचारीको मिलेमहतोमा उपभोक्तलाई भन्दा बढी काठ ठेकेदारलाई बिक्री गर्ने गरिएको छ,’ उनले भने, ‘जिल्लाका वनले बेवास्ता गर्दा ठेकेदारले मौका पाएको हुन्।’ आफू लामो समयदेखि साउसको अध्यक्ष रहेको भन्दै बस्नेतले भने, ‘चाहे जिल्ला वनले ठेकेदारमार्फत जिल्ला बाहिर काम बिक्री विरतणमा रोक लगाउन सक्छ, तर, जिल्ला वन कार्यालयले चाहँदैन।’
जिल्ला वन कार्यालय उदयपुरका सूचना अधिकार लालबाबु यादवले हाल जिल्लामा ३ सय ४३ सामुदायिक वनबाट आर्थिक वर्ष ०७२÷०७३ मा करिब डेढ लाख सेप्टी काठ उत्पादन भएको उत्पादन भएको बताए। उनका अनुसार ९० हजार सेफ्टी काठ जिल्ला बाहिर बिक्री गरिएको छ भने ३७ हजार अन्तिरिक खपत भएको छ।
यसैगरी आपूर्ति खपत भएको ४० सेफ्टी  काठ रहेको यादवको भनाइ छ। ‘वन ऐनअनुसार हामीले प्रक्रिया पु¥याए मात्र सावउसबाट ठेकेदारलाई बिक्रीको लागि  दिने हो,’ उनले भने, ‘पत्र पत्रिका तथा सञ्चार मध्यमबाट सूचना प्रशासन गरेर मात्र त्यो ठेकेदारलाई काठ बिक्रीको लागि अनुमति दिने गरेका छौं।’ कतै छिटफुट सूचना लुकाएर सवउसका पदाधिकारीले उपभोक्तालाई भन्दा बाहिर बिक्री गरेको गुनासो आउने गरेको यादवले समेत बताए। पछिल्लो समयमा उपभोक्ताले काठ नपाएको गुनासो आएकाले अनुमगन समेत हुन लागेको जानकारीसमेत दिए।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »