पूर्वप्रधानमन्त्री समेत रहनुभएका संयोजक भट्टराईले आर्थिक विकास नगरी गरिबी र बेरोजगारी अन्त्य गर्न नसकिने उल्लेख गर्दै नयाँ शक्ति पार्टीले अवको दुई दशकसम्म आर्थिक समृद्धिको अभियान चलाउने बताए । निर्वाचन पनि एक प्रकारको युद्ध भएको बताउँदै उनले निर्वाचनको अभियानमा हिम्मतकासाथ लागिपर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
कार्यक्रममा नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबाट संयुक्तरूपमा उर्लाबारी नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवारी दिएका क्रमशः मनोहरी दाहाल र सावित्री याक्खाले नगरको समग्र विकासका लागि आफूहरू लागि पर्ने विचार व्यक्त गरे । निर्वाचन परिचालन समितिका स्थानीय संयोजक बाङ्गाई धिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
