प्रअमाथि गोली प्रहार

प्रकाशित समय 10:17:00 AM
जनकपु
र, ११ असार । अज्ञात व्यक्तिको गोली प्रहारबाट धनुषामा  गम्भीर घाइते भएका प्रधानाध्यापक घाइते भएका नरेन्द्र कुमार शर्मालाई उपचारका लागि हेलिकोप्टरमाफर््त काठमाडौं पठाएको छ ।
जनकपुर उपमहानगरपालिका–७ का ५० वर्षका शर्मालाई आइतबार बिहान साढे ६ बजे आफ््नो घरबाट धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय  मावि विद्यालय जाँदै गरेको बेला लक्ष्मीनिया चोकबाट पश्चिमतफर्् बाटोमा मोटरसाइकलमा हतियारसहित आएका दुईजनाले गोली प्रहार गरी भागेका थिए । प्रअ शर्माको गालामा गोली लागेको छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाएको प्रहरीले जनाएको छ । यसैबीच घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक आचार्यले जनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »