टि–सर्ट, टोपी र झोला वितरण नगर : आयोग

प्रकाशित समय 7:15:00 PM
काठमाडौं, २७ जेष्ठ । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा निर्वाचन चिन्ह अंकित टिसर्ट, टोपी, झोलालगायतका सामग्री वितरण नगर्न सचेत गराएको छ । आयोगले उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै राजनीतिक दल तथा उम्मेदवारलाई त्यस्ता सामग्री वितरण नगर्न नगराउन भनेको हो । आचारसंहिता हेर्ने निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा बसेको बैठकले त्यस्ता कार्यलाई रोक्नका लागि समेत सरोकारवाला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आचारसंहिताविपरीत प्रचार प्रसारमा टिसर्ट, टोपीलगायतका सामग्री प्रयोग गरेको पाइएकाले त्यस्तो कार्य हुन नदिन भनिएको बताए । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा अचारसंहिता अनुगमन गर्ने टोलीलाई आचारसंहिता विपरीतका कार्य रोक्न निर्देशन पठाइएको उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »