
साविकको औरही गाविसको ६ स्थित बर्दिबास–औरही–जलेश्वर खडक खण्डको औरहीको तीन पोखरी भन्ने स्थानबाट १ किलोमिटर पश्चिम फुलबरीया गाउँतर्फ जाने बाटोमा पक्राउ परेका चारै जनाले पालैपालो युवतीलाई सामुहिक बालात्कार गरेको प्रहरी अनुसन्धानले खुलेको छ ।
बजारबाट साइकलमा घर फर्किरहेकी युवतीलाई नियन्त्रणमा लिएर युवकले बलत्कार गरेका थिए । ‘घर फर्किरहेकी युवतीलाई एक्कासी युवाहरुले नियन्त्रणमा लिए,’ एसपी लम्सालले युवाले दिएको बयान उद्धृत गर्दै भने,‘ युवतीलाई नियन्त्रण्मा लिएर खाली खेतमा लगी लडाई रोई कराई गर्दा कुटपिट गरेर जबरजस्ती पालैपालो करणी गरेको हो । ’ मुखमा रुपमाल बाँधेर बाटो ढुकेर बसेका युवा समूहले नियन्त्रणमा लिएर बालात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
दोषीलाई मृत्युदण्ड दे !
आफ्ना व्यवसायी साथीको सामुहिक बलत्कारमा संलग्नहरुलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग ब्युटिसियनले गरेका छन् । ब्युटिसियनले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै बिहीबार बर्दिबासमा विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपालमा आवद्ध धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहा गरी पाँच जिल्लाका सौन्दर्यकर्मीहरु आन्दोलनमा छन् ।
दण्डहीनताका कारण समाजमा अपराध बढिरहेको अन्तरपाटी महिला सञ्जाल बर्दिबासकी अध्यक्ष सारदा थापाले बताए । उनले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई फाँसी नदिएसम्म यस्ता घटनामा कमी नहुने दाबी गरे । ‘बालात्कारी गर्ने दोषीलाई फाँसी दिइयोस्,’ उनले भने । बर्दिबासमा नागरिक समाजका अगुवा कुर्महरि सुवेदीले सरकारसंग नारी अस्मितालाई सुरक्षा गर्नु माग गरे । राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपाल, धनुषाकी सल्लाहकार नम्रता राईले महिला हिंसा न्यूनिकरणका लागि राज्य कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
