मधेशमा चुनाव सर्वक्षणः मत बदर गर्नेको संख्या बढी

प्रकाशित समय 6:03:00 PM
काठमाडौं
,१३ असार । अन्य समाजिक सञ्जालभन्दा बढी मधेशीहरु फेसबुकमा सक्रिय छन् । मधेश सम्बन्धी कयौं बहस फेसबुक ग्रुप अथवा प्रयोगकर्ताहरु बिच हुने गरेको छ । २० हजारभन्दा बढी मधेशी सदस्य भएको फेसबुक ग्रुम एक दर्जनभन्दा बढी छन् । जसमध्ये ‘मधेश एक्सन’ एउटा ग्रुप छ जसमा करिब ४० हजार अर्थात मंगलबार विहानसम्म ३९ हजार ८ सय १२ सदस्य छन् ।
काठमाडौं बस्दै आएका एक मधेशी युवाले उक्त ग्रुसपमा जेठ २९ गते सुरु गरेको मत सर्वेक्षणको असार १३ गते विहान ८ बजेसम्मको नतिजाअनुसार मधेशमा हुने स्थानीय निकायको निर्वाचनमा मत बदर गर्ने पक्षमा धेरैले मतदान गरेका छन् ।
उक्त सर्वेक्षणमा १० वटा प्रश्न राखिएको छ ।
सर्वेक्षणको नतिजा अनुसार डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले मतपत्रको कोठा बाहिर मतदान गर्ने ‘राइट टु रिजेक्ट’को अभियानको पक्षमा सबभन्दा बढी मधेशीहरु देखिएका छन् । अर्थात सर्वेक्षणमा सहभागी कुल मतदाताको करिब आधा हिस्सा डा.राउतको अभियानको पक्षमा छन् । डा.राउतको अभियानको पक्षमा ४९ दशमलब ३८ प्रतिशतभन्दा बढी छन् ।
त्यस्तै, दोस्रो स्थानमा राष्ट्रिय जनता पार्टी नेपालसँग मिलेर आन्दोलन गर्नेको संख्या रहेको छ । अर्थात संविधान संशोधन नभएसम्म स्थानीय निकायको निर्वाचनमा सहभागी नहुने र आन्दोलनमा जानेको संख्या १८ दशमलब ५१ प्रतिशतभन्दा बढी छ । त्यस्तै, तेस्रो स्थान मतदान नगर्नेहरुको छ । मधेशमा स्थानीय निकायको निर्वाचनमा सहभागी नहुने पक्षमा ११ दशमलब ११ प्रतिशतभन्दा बढी रहेका छन् । यसैगरी काठमाडौंमा रहेका मधेशी युवाहरुको अभियान तराई मधेश राष्ट्रिय अभियानसँग सक्रिय बहिस्कार गर्ने पक्षमा ६ दशमलब १७ प्रतिशत अर्थात चौथो स्थानमा छन् । यस सर्वेक्षणमा भने संघीय समाजवादी फोरम नेपाल पाँचौं स्थानमा छन् । यादवसँग निर्वाचनमा सहभागी हुनेको संख्या ४ दशमलब ९३ प्रतिशत छ । अन्य नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको पक्षमा ९ दशमलब ८७ प्रतिशतले मतदान गर्ने जनाएका छन् । उक्त ग्रुसपमा मधेशको चुनाव बारे गरिएको मत सर्वेक्षणमा ८१ जनाले मतदान गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »