एघार महिनादेखि बन्धक बनाइएका पैतालीस भारतीयलाई नेपाल प्रहरीले गर्यो उद्धार

प्रकाशित समय 6:32:00 PM
सप्तरी, ८ असार । सप्तरीको डाकनेश्वरी नगरपालिका–९ पत्थरगाडाबाट प्रह

रीले बिहीबार ४५ भारतीय नागरिकलाई बन्धक मुक्त गराएको छ । भारत बिहार राज्यका नबादा जिल्लाका ४५ मजदुरलाई डिडिआर ईटा भट्टामा ११ महिनादेखि बन्धक बनाएर राखेको सप्तरी एसपी अनुराग दुवेदीले जानकारी दिए । 
भारतीय दूतावास काठमाडौंका डिसिएम विनय कुमारले आफ्ना नागरिक रिहाइको लागि गृह मन्त्रालयलाई अनुरोध गरेको  थियो । सदरमुकाम राजविराजबाट ठूलो संख्यामा गएको सशस्त्र र नेपाल प्रहरीले भट्टाबाटै मजदुरलाई बन्धक मुक्त गराएको हो । 
उनीहरूलाई बिहीबारै भारत बिहार राज्यको सुपौल जिल्लाका डिएम बैद्यनाथ यादवलाई जिम्मा लगाउने तयारी भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिए । 
बन्धक मुक्त हुनेहरूमा कारी माझी, बिजुली माझी, लालो माझीलगायत ४५ जना दलित रहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »