
निर्वाचनका लागि पहिले सरकारले सीमाकंन विवाद सल्टाउने ढोका खोल्ने उनले सुझाए । नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विवाद सुल्झाउने सुनिश्चितता गर्नुप¥यो । संविधान निर्माण गर्दा एकसाथ रहेका ठूला तीन दल अहिले संशंोधनका लागि दुई तिहाई नपुग्ने भन्दै पन्छिन खोजेको उनले आरोप लगाए ।
‘दुई तिहाईको बहाना मात्र हो,’ उनले भने, ‘त्रुटिपूर्ण संविधान निर्माण गर्दा सबै मिल्ने अनि अहिले संशोधन गर्दा नमिल्ने, सुधार गर्ने जिम्मा पनि उनीहरुकै हो ।’ मधेसका जनताले निर्वाचनभन्दा अगाडि अधिकार चाहेको उनले बताए । अगामी असार १४ को चुनाव नसारे अनर्थ हुने चेतावनी दिए ।
‘मधेसीको समस्या समाधान गरेर निर्वाचन गराए देश बच्छ,’ महतोले भने, ‘नत्र देशमा अनर्थ हुन्छ । समस्या दुई नम्बर प्रदेशमा मात्र छैन, पुरै मेचीदेखि महाकालीसम्म छ ।’ पत्रकार सम्मेलनमा राजपाका जीतेन्द्र सोनल, राजेशमान सिंह, सुरेन्द्र कुर्मी, शिव पटेल, शशी कपुर मियाँ, पुरुषोत्तम झा लगायतका नेता उपस्थित रहेका थिए ।
