धनुषा, १० असार । छोरो पैसा कमाउन विदेश जाने भनेदेखि नै जुलुम पासवानको मन गह्रौं भएको थियो । परिवारको अवस्था निक्कै नाजुक थियो । एउटा छोरो, परिवारको अवस्था देखेर उनले रोक्न सकेनन् । धर्मनाथ सन् २०१४ को मार्च २३ मा साउदी अरव गए । ३५ वर्षका पासवानलाई साउण्ड लाईन रिक्क्रुटमेन्ट म्यानपावरले साउदीको अबदुल्लाह सहिदमा लेबरको काममा ८ सय रियाल हुन्छ भनेको थियो । तर भने अनुसारको तलब नपाएपछि उनले नेपालबाट म्यानपावरले पठाएको कम्पनीबाट दुई महिनामै भागेर अन्तै काम गर्न थाले ।

‘चार दिन सडक बस्दा ऊ अचेत भइसकेको थियो रे त्यतिबेला पुलिसले उसलाई अस्पताल पु¥याएका रहेछन’ बुवा जुलुमले भने । प्रहरीले अस्पताल पु¥याएका धर्मनाथको अस्पतालमा रहेका नेपाली कर्मचारीहरुले चन्दा सङ्कलन गरेर उपचार गरे । त्यो उपचारबाट केही ठिक भएर फर्किएका धर्मनाथ दुर्घटनामा परेपछि भने थलिए ।
दुर्घटनामा परेका धर्मनाथलाई प्रहरीले फेरि अस्पताल पु¥यायो । उनको शल्यक्रिया पनि भएको जानकारी परिवारले पाएको छ । तर उद्धार गरेर घर फर्काउने क्षमता परिवारसँग छैन । किन अस्पतालले धर्मनाथको उपचारको २७ हजार ५ सय रियाल अर्थात ७ लाख २७ हजार रुपैयाँ भन्दा धेरैको बिल निकालेको छ ।
धर्मनाथका बुवा जुलुम परिवार चलाउन बरफ बेच्दैछ । दिनभरी बरफ बेचेर जम्मा भएको पैसाले परिवारका लागि बिहान बेलुकाको छाक टार्नै मुस्किल छ उनलाई । त्यसैले ७ लाख भन्दा धेरै पैसा जम्मा गर्ने कुरा उनको कल्पना भन्दा बाहिरको जस्तै भएको छ । त्यसैले छोरालाई घर फर्काउने पैसा जम्मा गर्न सकेको छैन । आफ्नो क्षमताले नसकेपछि जुलुम अहिले सरकार र सहयोगी संघ संस्थाको बाटो हेरिरहेको छ ।
