८७ हजार घुससहित इञ्जिनियर खरेल रंगेहात पक्राउ

प्रकाशित समय 7:21:00 PM
सुर्खेत, १० असार । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इञ्जिनियर दुर्गादत्त खरेल सेवाग्राहीबाट घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट खटिएको टोलीले क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इञ्जिनियर खरेललाई शुक्रबार राति सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट पक्राउ गरिएको हो । छिन्चुको होटल स्टार एण्ड लजमा खरेलले सेवाग्राहीबाट ८७ हजार रुपैयाँ घुस लिँदै गरेका थिए । खानेपानी आयोजनाको पेश्की, भुक्तानी सहजीकरण र कार्यसम्पन्न प्रतिवेदन मिलाइदिने भन्दै इञ्जिनियर खरेलले सेवाग्राहीसंग उक्त रकम लिएको बताइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »