गोलबजार ,९ असार । लहान वजारदेखी पश्चिममा रहेको ड्राईभिङ्क सेन्टर नजिक एक महिलाको मृत अवस्थामा फेला परेको छिन । जिल्ला ट्राफिक प्रहरी कार्यलय भन्दा करिब २०० मिटरको दुरीमा रहेको ड्राईभिङ्क सेन्टर नजिकमा अन्दाजी २८ वर्षीय महिलाको शव हत्या गरि फालिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिरा बहादुर पाण्डेले जानकारी दिएका छन ।
डिएसपी पाण्डेका अनुसार मृत फेला परेकी महिलाको पहिचान खुल्न सकेको छैन । महिलाको अनुहारमा ढुंगा प्रहार भएकोले दात भाचिएको छ भने कन्चटमा समेत चोट देखिएको छ । महिलाको घटना बारे अनुसंधान भईरहेका डिएसपी पाण्डेले जनाएको छ ।