तीन दिनअघि हराएका बालक पोखरीमा मृत भेटिए

प्रकाशित समय 10:05:00 AM
लहान, ११ असार । सिरहाको सुखीपुर नगरपालिका ८ स्थित घरबाट हराइरहेका बालक आइतबार मृत अवस्थामा भेटिएका छन् । स्थानीय श्याम साहका ९ वर्षीय छोरा विकास साहको शव गाउँ नजिकै रहेको पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको हो । गएको बिहीबार बिहान ९ बजेतिर घरबाट हराएका विकासको खोजतलासका लागि हजुरबा शिवजी साहले इलाका प्रहरी कार्यालय सुखीपुरमा उजुरी गरेपछि खोजी गरिरहेकै अवस्थामा पोखरीमा मृत अवस्थामा भेटिएको प्रहरी नायव निरीक्षक सुदर्शन दासले जानकारी दिए । २०७२ को भूकम्पको बेला बाबुसँग काठमाडौंमै रहेका उनको त्यति बेलादेखि नै मानसिक सन्तुलन बिग्रिएको पारिवारिक स्रोतले जनाएको छ । भूकम्पपछि घर आएका उनी बेला बेलामा घरबाट हराइरहने गरेको जनाइएको छ ।
हत्याको आशंका
मानसिक सन्तुलन गुमाएका भएपनि अघिपछि ज्यानै जोखिममा पार्ने गरी कुनै गतिविधि नगरेकाले उनको हत्या गरेर पोखरीमा फलेको हुन सक्ने स्थानीय बासिन्दाको आशंका रहेको छ । पत्रकार समेत रहेका स्थानीय कृष्णमोहन चौधरीले बालकको मानसिक सन्तुलन बिग्रिएकाले आशंका नगर्ने विश्वाससहित कसैले हत्या गरेर पोखरीमा फलेको हुन सक्ने बताए । इलाका प्रहरी कार्यालय सुखीपुरले भने मृतकको पोष्टमार्टम प्रतिवेदन नआएसम्म केही भन्न नसकिने जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »