आधारभुत पत्रकारिता तालिम सम्पन्न

प्रकाशित समय 11:15:00 AM
गोलबजार,१२ असार  । मार्गानुगामी राष्ट्रिय दैनिक पत्रिकाको आयोजना र गोलबजार नगरपालिकाको सहयोगमा संचालित आधारभुत पत्रकारीता तालिम सोमबार सम्पन्न भएको छ । सहभागी बालबालिकाहरले पत्रकारीता तालिमबाट आफूहरुलाई थान भएका आम संचारका विषयमा जानकारी पाउनुका साथै समाचार के हो ? र यसको संकलन, लेखनको विषयमा पनि आफूहरुले जानकारी पाएको बताए ।
यो तालिमले पत्रकारीताको विषयसँगै विद्यार्थी जीवनमा काम लाग्ने धेरै विषयहरुको विषयमा जानकारी मिलेको सहभागी गंगा कुमारी साहले बताईन । उनले भने, ‘यो तालिमले लेखन क्षमताको पनि विकासहुने हुँदा यसले विद्यार्थीलाई ठूलो सहयोग पु¥याउँछ, यसले सवैसहभागीलाई उत्तिकै फाइदा भएको छ ।
तालिमले आफूमा नयाँ शोच बनेको सहभागी गंगा सहले बताइन् । उनले समाचार लेख्ने विधिको वारेमा जानकारी पाउनुको साथै हामीजस्ता विद्यार्थीहरुको लागि पत्रकारीताको अत्यधिक महत्व रहेको जनाइन् ।
अवको दिनमा आफूले बुझेको विषयमा आफ्ना साथीहरुसँग छलफल गर्ने र उनीहरुलाई पनि आफूले जानेको सिकाउँदै आफ्नो गाउँमा भित्तेपत्रिका निकाल्ने प्रतिबद्धता सहभागी सन्तोष यादवले जनाए । उनले हामीले तालिम लिसकेपछि सिकेको विषय प्रयोग गर्न पनि आफूहरुले भित्तेपत्रिका निकाल्ने बताए ।
तालिममा नगरका १२ वटै वडाबाट बालसंजालहरुबाट २६ जना सहभागी भएका थिए । तालिमका सहभागीहरुलाई पत्रकार तथा प्रशिक्षक शम्भु यादबले प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »