कोठा बाहिर ४४ प्रतिशत मत खसेको गठबन्धनको दाबी

प्रकाशित समय 8:19:00 PM
रुपन्देही, १६ असार । रुपन्देही जिल्लामा खसेको कुल मतको ४४ प्रतिशतभन्दा बढी मत पत्रको कोठा बाहिर मतदान भएको स्वतन्त्र मधेश गठबन्धनले दाबी गरेको छ ।
गठबन्धनका सहसंयोजक कैलास महतोले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा विहीबार साँझसम्म सार्वजनिक भएको तथ्यांक अनुसार ४४ प्रतिशत मत कोठाभन्दा बाहिर खसेको थियो । तर महतोले शुक्रबारबाट कोठा बाहिर खसेको मत तथ्यांक मतगणामा खटेका कर्मचारीहरुले सार्वजनिक गर्न छोडेको बताए ।
महतोले निर्वाचन आयोगको दबाबमा कोठा बाहिर खसेको मत संख्या सार्वजनिक गर्न रोक लगाइएको आरोपसमेत लगाएका छन् । यता स्वतन्त्र मधेश गठबन्धनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नवलपरासी र कपिलबस्तुमा पनि १४ देखि २० प्रतिशतसम्म कोठा बाहिर मतदान भएको जनाइएको छ । बांके, बर्दिया र कैलालीमा पनि कोठा बाहिर मतदान भएको जनाउँदै गठबन्धनले त्यस क्षेत्रको तथ्यांक आउन बाँकी रहेको जनाएको छ ।
डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले मतपत्रको कोठाभन्दा बाहिर मतदान गरी निर्वाचनको सक्रिया बहिस्कार गर्ने अभियान चलाएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »