सिरहा, ३० जेष्ठ । दोस्रो चरणमा हुन गईरहेको स्थानीय तहको निर्वाचनको विथोल्ने भन्दै मंगलबार बाट राष्ट्रिय जनता पार्टी, नेपालले आह्वान गरेको चारदिने मधेस, थरुहट र लिम्बुवान बन्दको पहिलो दिन मंगलबार सिरहा, सप्तरी, धनुषा र महोत्तरी लगायत तराईको जनजीवन प्रभावित बनेको छ । बन्द सफल बनाउन बिहानैदेखि राजपा कार्यकर्ताहरुले ठाउँ ठाउँका टायर बालेर विरोध प्रदर्शन गरिरहेको छ ।
राजपा कार्यकर्ताले सिरहाको लहान, सिरहा, गोलबजार, मिर्चैया सप्तरीको कन्चनपुर, राजविराज, धनुषाको जनकपुर लागएतको स्थानमा विरोध प्रदर्शन गरिरहेको छ । बन्द कर्ताले सिरहाको मिर्चैयामा एमालेको झण्डामा आगजानी गरेको छ । बन्दका कारण जनजीवन प्रभावित बन्न पुगेको छ । बन्दकर्ताहरुले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कदमाहा चोकमा पूर्व्तिर गईरहेको सयौं यात्रुबाहक रात्रि बस र मालबाहक ट्रकहरु रोकेर राखेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले मंगलबार बिहान सप्तरीको सुरुङ्गा ३ लक्ष्मीपुर जङ्गलमा ना. ६ ख २५२६ नं. को खाली ट्रक मंगलबार बिहान तोडफोड गरेका छन् । बालुवा लिन जाँदै गरेको ट्रकमा गरिएको तोडफोडले अघिल्लो भागको सबै सिसा फुटेको चालक बीरेन्द्र पासवानले बताए । बन्दले तराइका विद्यालय, कलकारखाना, बजार लगायत बन्द रहेको छ ।
