इनारको पानी तान्दा करेन्ट लागेर महिलाको मृत्यु

प्रकाशित समय 10:18:00 AM
लहान, ११ असार । सिरहाको धनगढीमाई नगरपालिका ९ चैनपुरस्थित सार्वजनिक इनारमा पानी भर्ने क्रममा करेण्ट लागेर घाइते भएकी महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय धनगढीका अनुसार स्थानीय ५५ वर्षीया सहना खातुनको आइतबार पानी तान्ने क्रममा करेण्ट लागेर घाइते भएपछि उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । घर नजिक रहेको सार्वजनिक इनारमा जडान गरिएको विद्युतीय मोटर चलाएर पानी तान्ने क्रममा बिजुलीको तार सर्ट भइ अचानक करेण्ट लागेर खातुन घाइते भएकी थिइन् । करेण्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल लहानतफर्् ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »