जिल्लामा उक्त कार्यालयले एआरटी एन्ड भिसीटी सेन्टरमा सञ्चालनमा ल्याएको गर्भपतन सेवाका अतिरिक्त मेरी स्टोप सेन्टर जनकपुर, कुर्था, लक्ष्मीपुर वगेवा, सपही, महेन्द्रनगर, ढल्केवर, गोदार, धनुषाधाम, यदुकोहा, परवाहा, देवपुरा र घोडघासमा आधिकारिक रुपमा गर्भपतन सेवा सञ्चालन हुँदै आएका हुन् । लिङ्ग पहिचान गराएर गर्भपतन गराउनेको सङ्ख्या उच्च रहेका कारण ती केन्द्रमा गर्भपतन गराउनेको संख्या न्युन देखिएको हो । कानुनअनुसार लिङ्ग पहिचान गरेर गर्भपतन गराउनु दण्डनीय भएकाले अवैधरुपमा गर्भपतन गराउनेको सङ्ख्या उच्च रहेको पाइएको छ । गैरकानुनी रुपमा १२ हप्ताभन्दा माथिको पनि गर्भपतन गराउने गरेको एक चिकित्सकको दाबी छ ।
सरकारले गत पुस महिनादेखि स्वास्थ्य चौकीमा गर्भपतन गराउन चाहनेलाई सुविधा उपलब्ध गराउने उद्देश्यले निःशुल्क रुपमा गर्भपतन सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले यति सुविधा दिँदासमेत लाज र जानकारीको अभावका कारण उक्त सेवाबाट अधिकांश महिला वञ्चित हुँदै आएका छन् । शाखा प्रमुख पासवानले केही चिकित्सकले कमिसनको लोभमा मापदण्डभन्दा बाहिर गएर पनि गर्भपतन कार्यमा संलग्न रहँदै आएको आरोप लगाए ।
