रघुनाथ मेहतालाई राजपाले सुनसरीका लागि आन्दोलन परिचालन समितिको संयोजक तोकेको छ । मेहताको नेतृत्वमा ३३ सदस्यीय समिति रहेको छ । गठित समितिको श्रीपुर, हरिपुर,पश्चिम कुशाहा र लौकहीको नेतृत्व देवराम मधेशीले गर्नेछन् । मधेशी नेतृत्वको परिचालन समितिमा ५१ जना रहेका छन् । कप्तानगंजमा देवनन्दन मेहताले ३१ जनाको नेतृत्व सम्हाल्ने राजपाले जनाएको छ ।
देवानगंज राजेश मेहताको नेतृत्वमा १५ जना, मध्यहर्षाही बिनोद पालको नेतृत्वमा ३१ जना, बसन्तपुर रामचन्द्र मण्डलको नेतृत्वमा ४१ जना, रामनगर भुटाहा बिजय गुप्ताको नेतृत्वमा २५, हरिनगरा सुकदेव मेहताको नेतृत्वमा २५ जनाको समिती बनाइको राजपा सुनसरी संयोजक डा.सिएन पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी अमडुवा, अमाहीवेल्हा, चिमडी सहितको क्षेत्रको नेतृत्व रामविलास मेहताले गर्ने जनाइएको छ । घुस्की सगिर मियाँ, सत्तेरझोरा जगदिशप्रसाद यादव, त्यसैगरी तपेश्वरी मोची, बसन्त चौधरी र देवनारायण मेहतालाई सम्वन्धित क्षेत्रको आन्दोलन परिचालनको जिम्मेवारी तोकिएको विज्ञप्तीमा जनाइएको छ ।
