आफैले बोकेको हतियारबाट निरीक्षकले गरे आत्महत्या

प्रकाशित समय 5:35:00 PM
 गोलबजार, १७ असार । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफंैले बोकेको हतियारबाट आत्महत्या गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा डियुुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबद्र्धन खत्रीले शुक्रबार राति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले जानकारी दिए । उदयुपुरको त्रियुगा नगरपालिका–११ जलजले घर भएका प्रहरी सहायक निरीक्षक खत्रीले के कति कारणले आत्महत्या गरेको खुल्न नसकेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »