दर्जनौं गाउ“पालिका हजारौं घर डुबानमा, जनता त्रसित
एक सशस्त्र प्रहरी हब्लदार बगेर बेपत्ता, एक बेवारिसे शव भेटियो
सप्तरी, १७ असार । शुक्रवार रातिदेखिको शनिवार बिहान सम्म भएको निरन्तरको वर्षाका कारण सप्तरी जिल्लाको बिभिन्न गाउँपालिकाका एकहजार भन्दा बढी घर डुवानमा परेको छ ।



रुपनी गाउँपालिका अन्तरगत बसबिट्टीको ४ किलो भन्ने स्थानमा खाडो खोलाको बाढी पस्दा ५ घरमा पानी पसेको छ भने गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्र जलमग्न भएको प्रहरी उपरिक्षक द्विवेदीले बताए । यसैगरि रुपनी गाउपालिका अन्तरगत पौवामा स्थानिय मनोज यादबको कुखुरा फर्ममा खाडो खोलाको पानी पस्दा ५ सय कुखुरा बगाएको छ ।

एकाबिहानैदेखी घरमा २–३ फिट सम्म पानी पस्दा खाना बनाउन नसकिएकोले बाढीपीडितहरु भोकभोकै बस्न बाध्य भएको तिलाठीका त्रिलोकनाथ मिश्रले बताए । यस्तै जिल्लाको मधवापुर , मयनाकरेडी र मलेठ लगायतका स्थानमा पनि कयौ घरमा पानी पसेको छ । बाढी पसेका घरहरुमा खाधान्न समेत बगाएको छ । घरमा पानी पस्दा केही परिवार अग्लो स्थानमा शरण लिन बाध्य भएका छन् भने केही परिवारका सदस्यहरु घरकै खाटमा बसेर बाढी कम हुने प्रतिक्षामा छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार बाढीवाट घरमा पानी पसेकाहरुलाई स्थानियस्तरवाट तात्कालिक राहतको बयबस्था मिलाईएको बताए । उनले जिल्लको मयनाकरेडी त्रिकौलका ३ सय परिवार र मलेठमा २ सय ५० परिवारलाई जिल्ला सबन्मय समितीका तर्फवाट तात्कालिक खानाका लागि भुजा चुरा बितरण गरिएको बताए । यस्तै खाडो खोला अन्तरगत लौनिया, तोपा लगायतका बिभिन्न स्थानमा कटान लागेकाले नियन्त्रणका लागि समबन्धित निकायलाई निर्देशन दिईएको प्रजिअ कटुवालले जनाए ।








