भवन निर्माण आचारसंहिता अनुसार भवन निर्माणको काम गर्न पनि सबै स्थानीय तहलाई निर्देशन दिइसकिएको जानकारी पनि उनले दिए । हाल १३ वटा ‘स्मार्ट सिटी’ निर्माणको कामलाई आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्नेगरी बजेट व्यवस्था गरिएको र विस्तृत अध्ययनको कामलाई अन्तिम चरणमा पु¥याएको जानकारी मन्त्री साहले दिए । मन्त्री साहले थप १० वटा सहरलाई ‘स्मार्ट सिटी’ बनाउने गरी आगामी वर्षभित्र विस्तृत अध्ययनको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।
सरकारले पोखरा, विराटनगर, भरतपुर, वीरगञ्ज लगायत देशका मुख्य–मुख्य सहरलाई आर्थिक करिडोरको रुपका विकास गर्नेगरी विस्तृत अध्ययनको काम पनि सुरु गरेको छ । मन्त्री साहले एशीयाली विकास बैंकको अनुदानमा देशका मुख्य–मुख्य सहरलाई आर्थिक करिडोरका रुपमा विकास गर्न विस्तृत अध्ययनको काम सुरु गरिएको जानकारी दिए ।
मन्त्री साहका अनुसार हुलाकी लोकमार्गमा १० वटा सहरहरुको पहिचानको काम सुरु गर्ने, मध्य पहाडी लोकमार्गमा पहिचान भएका १० वटा सहरहरुको विस्तृत अध्ययनको काम सुरु गर्ने र तराई मधेसमा ५ वटा थप सहर विकास गर्ने लक्ष्यसहितको बजेट विनियोजन गर्ने बताए ।
