
प्यूठान नगरपालिकाको मत गन्दा गन्दैको यो तस्बिर पत्रकार राम बहादुर बिकले खिचेर फेसबुकमा हाल्नुभएको हो । उनले यो फोटो फेसबुकमा अपलोड गरिएको जिल्लामा अन्यले पनि फोटो सेयर गर्दै मतगणनाको टिप्पणी गरेका छन् । यो नगरपालिकामा अन्य गाउँ तथा नगरपालिका भन्दा सुस्त गतिमा मतगणना भइरहेको छ ।
नागरिकले स्थानीय नेता चुन्नका लागि दुःख सास्ति भोगेर दिएको मतमा लापरबाही भएको गुनासो गरेका छन् । सबैभन्दा धेरै जनसंख्या समेटिएको १० वडा भएको यो नगरपालिकाको अहिलेसम्म ३ वटा वडा मात्रको नतिजा प्रकाशन गरीएको छ । अझै ७ वटा वडाको मतगणना गर्न बाँकी छ । मतगणना जस्तो संवेदनशील बिषयमा कर्मचारीको चरम लापरवाही भएको भन्दै फेसबुकमा धेरैले दुःखद बिषय भन्दै चिन्ता ब्यक्त गरेका छन् ।उज्यालोअनलाइखबाट
