मिर्चैयामा डिप ट्युबवेल संचालन नहुदा किसान मर्कामा

प्रकाशित समय 7:53:00 PM
 सिरहा, १३ साउन । मिर्चैया नगरपालिकामा रहेको डिप ट्युववेल आयोजना संचालन नहुँदा किसानहरु मर्कामा परेका छन् । मिर्चैया नगरपालिका–६ मा अवस्थित डिप टुवेल लामो समयदेखि बन्द रहेको भएपनि सम्बन्धित निकायले चासो नदिँदा किसानहरु थप समस्यामा परेका छन् । समयमा बर्षा नभएकाले खडेरी पर्ने प्रबल सम्भाबना रहेको बेला धान रोपाईका लागि डिप ट्युववेल संचालन गर्न पटक–पटक आग्रह गरेपनि सम्बन्धित निकायले कुनै चासो नदिएको किसानहरुको आरोप रहेका छन् । आयोजनाले लामो समयदेखि बिद्युत महशुल नबुझाएकोले बिद्युत प्राधिकरणले लाइन काटेको समेत किसाानहरुले आरोप लगाए । आफुहरुले रु. १५ प्रतियुनिटका दरले रकम आयोजनालाई बुझाएको भएपनि बिद्युत प्राधिरणमा नबुझाएकोले लाइन काटेकाले आफुहरु धान रोपाइको सिजनमा पनि पानीबाट बन्चित रहेको किसानहरु दुखेको पोखे । यस आयोजनाले मिर्चेया बडा नं. ५, ६ र १० का कृषकहरु लाभान्वित भईरहेका छन् । यता, डिप ट्युववेल आयोजना मिर्चैयाका अध्यक्ष धिरेन्द्र प्रसाद साह (ललन) ले बिद्युतको समस्या नरहेको भन्दै मेसिनको प्यानल बोर्डमा खराबी आएकोले भुमि सुधार कार्यालय डिभिजन नं. ११ लहानसंग समन्बय गरी तीन दिन भित्र संचालन गर्ने तयारी गरिएको बताए । बर्षमा ३ महिना मात्र संचालन हुने डिप टुवेलको मेसिनमा खराबी आएकोले समयमा पानी दिन नसकेको अध्यक्ष साहले स्वीकार गरे । अब छिटै मर्मत गरि संचालन गरिने समेत अध्यक्ष साहले दाबी गरे । डिप ट्युववेल मिर्चैयाले समयमा बिद्युत महशुल नबुझाएकोले पटक पटक लाइन काटेको नेपाल बिद्युत प्रािधिकरण मिर्चैया बितरण केन्द्रका ईन्जिनियर संजिब कर्णले बताए । डिप ट्युववेललाई बिद्युत महुशल जरिवाना समेत गरि रु. ७४ हजार ४ सय ४५ रुपैया ५० पैसा बुझाउन बाँकी रहेकोले करीब ६ महिनादेखि लाइन काटेको ईन्जिनियर कर्णले जनाए । आयोजनाले बिद्युत महशुल रु. ४ रुपैया ९० पैसा प्रतियुनिटका दरले बुझाउने गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »