

मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्की काम बिशेषले जिल्ला बाहिर रहेकाले आइतबार नगर पालिकाका लेखापाल देबेन्द्र प्रसाद यादब, उद्योग बाणिज्य संघ रामनगर मिर्चैयाका अध्यक्ष हरीशंकर साह र रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साह लागयत स्थानियहरुको उपस्थितमा बसेको बैठकले १५ गते ठेक्का सम्बन्धि छलफल गरिने निर्णय गरिएको छ ।
बैठकले १५ गतेसम्म बजारको बटि (शुल्क) असली गर्न समेत रोक लगाएको छ । मिर्चैया नगरपालिकाले सार्बजनिक सुचना जारी नगरी गोप्य रुपमा मिर्चैया ५ मा रहेको गुदरी बजारको ठेक्का लगाएपछि स्थानियहरुले ठेक्का रद्द गरी पुनः ठेक्का आहबान गर्न माँग गर्दै नगरपालिकामा निबेदन दिएको छ भने उद्योग बाणिज्य संघ मिर्चैयाले पनि बिज्ञप्ती जारी गर्दै ठेक्का रद्द गर्न माँग गरेको छ ।
