बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान

प्रकाशित समय 6:48:00 PM
सिरहा, ३१ असार । गोलबजार नगरापलीकाको सहयोग र धमिनी साप्ताहीक गोलबजार नगारपालिका–६ को आयोजनामा लक्षित बर्ग कार्यक्रम अन्तर्गत मिति २०७४ असार २० गते गोलबजार नगारपालीका–१३ मा रहेको आधारभुत विद्यालय गोलबजार नपा १३, बलिराजपुर दुर्गापुरका लक्षित बालबालिकाहरुलाई विद्यालयका प्रधानाध्यापक उपेन्द्र कुमार दनुवारको हातबाट शौक्षिक सामग्री वितरण कार्य सम्पन्न भएको छ ।
प्र.अ दनुवारबाट कापी, पेन्सिल, कटर, इरेजर र खेलकुद सामग्री प्रदान गरिएको हो । बालबालिकाहरुलाई निरन्तर विद्यालय आउने बातावरण बनोस भन्ने उद्देश्यले लक्षित बर्ग कार्यक्रम अन्तर्गत लक्षित बाल बालिका शिर्षकबाट उनीहरुलाई शैक्षिक सामग्री वितरण गरएको थियो । विद्यालयका प्र.अ. दनुवारले लक्षित समुदायका बालबालिकालाई यसरी शौशिक्षक सामाग्री प्रदान गरिएपछि उनीहरुमा शिक्षा प्रति लगाव बढ्ने बताए । उनले अझैपनि सामुदायीक विद्यालयहरुमा विद्यार्थीको उपस्थित दर र भर्ना दरमा अन्तर रहने गरेको हुँदा यस्ता खालका क्रियाकलापहरुले बाल बालिकाहरुमा विद्यालय आउने बातावरण बढ्न् बताए ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सहसचिव तथा यस कार्यक्रम संयोजक आशिष विश्वकर्मा दलित तथा गरिव समुदायकै बालबालिहरु अझैपनि निरन्तर विद्यालय जाने वातावरण नभएले उनीहरुलाई वेला वेलामा यस्ता खालका शैक्षिक सामग्री प्रदान गरिदा उनीहरुको विद्यालय आउने दर बढ्ने बताए । गोलबजार नगरपालीका वडा नं. १३ का सामाजिक परिचालक कमल सिंहले लक्षित बर्गको कार्यक्रम लक्षित बर्ग अन्तर्गतको बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेर उनीहरुलाई शिक्षा प्रतिको आकर्षण विकास गराएको बताए । उनले गाउँ घरमा अझैपनि विद्यार्थीहरु नियमित विद्यालय नजाने प्रवृति रहेको भन्दै यस्ताखालका क्रियाकलापले उनीहरुलाई नियमित विद्यालयसम्म पुग्ने बातावरण सृजना गर्ने जनाए ।
कार्यक्रममा लाभग्राहीका तर्पmबाट सुरुज कुमारी पासवानले आफूहरुलाई शैक्षिक सामग्री पाएकोमा धेरै खुसि लागेको बताए । उनले शैक्षिक सामग्री पाएपछि नियमित विद्यालय आउन र खेलकुद सामग्री पाएपछि साथीहरुसँग बसेर नयाँ खेल खेल्न पाउने भएकाले खुसि व्यक्त गरिन । उनले अव आफूहरुलाई नियमित विद्यालय आउन पनि सहज भएको बताए ।
कार्यक्रममा विद्यालयका शिक्षक कविन्द्र कुमार सिंह, पत्रकार रामबाबु यादव, विभिन्न राजनीतिक दलका प्रतिनीधिहरु, वुद्धिजीवि, लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »