
संघीयता र गणतन्त्रका लागि लडाई तथा संघर्ष भइरहेको बेला राजपा नेपालका कतिपय नेताहरु सत्ताभोगमा भएकाले उनीहरुलाई त्यसप्रति त्यति मोह नरहेको टिप्पणी पनि उनले गरे । अहिलेको मुख्य काम संघीयता र गणतन्त्र जोगाउनु हो भन्दै यसैमा टेकेर अन्य मागहरु पूरा गराउन सकिने उनले धारणा राखेका थिए ।
प्रमुख तीन दल २४० निर्वाचन क्षेत्र यथावत राख्दै समानुपातिक मासेर संघीयतालाई समाप्त पार्ने खेलमा लागेको समेत आरोप लगाए । बैठकमा चुनाव भइसकेका जिल्लाका अध्यक्षहरुले चुनावको विषयमा आआफ्नो धारणा राखेका छन् । आन्दोलनमा रही रहेको अवस्थामा एकाएक चुनावमा भाग लिएपछि त्यसको प्रभाव पार्टीमा परेको उनीहरुले धारणा राखेका थिए । पार्टी युटर्न भएपछि जनतामा अन्योलमा देखिएको र उनीहरुले मतदान नगरेको जिल्ला अध्यक्षहरुले आफ्नो धारणा सुनाएका थिए ।
एमालेले उठाएको राष्ट्रवादको कुरालाई पनि फोरम नेपालले चिर्न नसकेको धारणा बैठकमा राखेका थिए । उनीहरुले पार्टी चुनावमा गएको औचित्य जनता समक्ष पुष्टि गर्न नसकेको धारणा राखेका थिए ।
