लहान, १ साउन । गाउँगाउँमा बचत समूहहरु खुलेपछि सिरहाका दक्षिण सिमावर्ती गाउँ मलहनिया खोरी गाविसका विपन्न वर्गका परिवारहर आत्म निर्भर बन्न थालेका छन् । समूहले बिना धितो न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेपछि दलित तथा विपन्न वर्गका परिवारहरुले स्वरोजगारमूलक व्यवसाय गरी आत्मनिर्भर बन्न थालेको स्थानियवासीहरु बताउँछन् ।
मलहनिया खोरी गाविस ६ स्थित जानकी महिला शतिm सामुदायिक संस्थाकी अध्यक्ष गौरी देवी कापड गाविसको प्रत्येक वडामा बचत समूह खुलेको र तिनले भनेको बखत सस्तो तथा बिना धितोमा कर्जा दिन थालेपछि गरिबहरुको गर्जो टर्न थालेको बताउँछन् ।

कमला महिला शतिm सामुदायिक संस्थाकाकी अध्यक्ष राधिका देवी मण्डल खत्वेले संस्थाबाट बिना धितो क्रण लिएर आफूले खुद्रा व्यापार गरी आफनो सानो गरिब परिवारलाई पालि छोराछोरीलाई निजी बिद्यालय पठाइ रहेको उनले बताए । उतm संस्थामा गरिवीको रेखामुनि रहेका ५ हजार ३ सय १७ जना घरधुरीका महिलाहरु आवद्ध रहेको उनले जानकारी दिए । कार्यक्रम अन्तर्गत संचालित आय आर्जनका काम र क्षमता विकास तालिममा सहभागि भएपछि दलित तथा विपन्न वर्गका व्यतिmहरुको जीवनशैलीमा निकै परिर्वतन आएको पाइन्छ । केहिवर्ष पहिलेसम्म गाउँमा नौलो मानिस आउँदा घरको ढोका थुनेर लुकने मलहनियाँ खोरीका अधिकांश महिलाहरु अहिले त्यस्ता मानिसहरुसंग गाउँका समस्या लिएर निर्धक्कसंग बहस गर्न थाल्ने गरेको छ ।
गरिवी निवारण कार्यक्रमले नै मेरो आनिबानीमा समेत परिर्वतन ल्याउको हो गाउँकै सगरमाथा महिला शतिm सामुदायिक संस्थाकी सदस्य समेत रहनु भएकी रिता देवी पंडित कुमालले भनिन्, ‘नत्र नौलो मानिसअगाडि उभिएर आफ्नो नाम भन्न कहाा बाट सक्नु ? कि त ढोका थुनेर लुकथे कि त भाग्थे ।’ पहिले नौलो मानिसको अगाडी उभिन डराउने दलित तथा पिपन्न समुदायका व्यतिmहरु समेत निर्धक्कसंग बहस गरी आफ्ना गाउँका समस्या राख्छन् र विकासको योजना माग्छन् उतm कार्यक्रमको सहयोगी संस्था शिवशतिm ग्रामीण विकास केन्द्र गौतारी सिरहाका कार्यक्रम संयोजक अनिल कुमार साहले बताए । गरिवी निवारण कार्यक्रमको अनुगमनको क्रममा ग्रामीण क्षेत्रका दलित तथा विपन्न वर्गको आर्थिक अवस्थामा सुधार आउनुको साथै जीवनशैलमिा समेत परिर्वतन आएको गरिवी निवारण कोष सिरहाका कार्यप्रबन्धक रामधार प्रसाद यादले बताए । उनका अनुसार,सामुदायिक संस्थाका सदस्यहरुले आफ्नो गाउँमा आवश्यतmा अनुसार गरिवी निवारणको सहयोगमा भौतिक पूर्वाधार अन्तर्गत खानेपानि योजना, सिचाई कुलो सडकको कल्र्भट लगायतका योजनाहरु पनि निर्माण गर्दै आएको उनले जानकारी दिए ।
