बिउ उखेल्दै गर्दा चट्याङ लागेर युवतीको मृत्यु, तीन घाइते

प्रकाशित समय 6:43:00 PM
राजविराज, २५ असार । खेतमा धानको बिउ उखेल्ने क्रममा आइतबार दिउँसो चट्याङ लागेर सप्तरीको बिष्णुपुर गाउँपलिकामा एक युवतीको मृत्यु भएको छ । चट्याङ लागेर दुई गम्भीर घाइते भएका छन् । वर्षासँगै परेको चट्याङ्गले बिष्णुपुर गाउँपालिका–२ कीे २६ बर्षीया पुन्तीदेवी यादवको चट्याङ लागेर घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसैगरी राजेन्द्रप्रसाद यादव र यादवकी ६२ बर्षीया आमा गुजियादेवी यादव चट्याङ लागेर घाइते भएका छन् ।
यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रम्हपुरमा चट्याङ लागेर सोही ठाउँका अर्जुन चौधरीको श्रीमती ३५ बर्षीया आशा चौधरी घाइते भएकी छिन् । खेतमा काम गरिरहेका बेला चट्याङ्ले लागेर घाइते भएकी चौधरीलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल भर्ना गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
त्यस्तै  चट्याङ्क पर्दा बर्दिया बारबर्दिया—८ औरीमा एक किसानको आइतबार बिहान ज्यान गएको छ । स्थानीय ४३ वर्षीय किसान शुक्ला थारुको घटनास्थलमा मृत्यु भएको प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले बताए । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ्क परेको थियो । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब २२ किमि उत्तरमा पर्दछ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »