गोलबजार, ३ साउन । करेन्ट लागेर सिरहा नवराजपुर गाउँपालिका–४ का ३५ वर्षीय सूर्यनाथ यादवको मृत्यु भएको छ । आफ्नै खेतमा पानी तान्ने मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाने क्रममा बाटो मै उनको मृत्यु भएको प्रहरी चौकी झाँझपट्टीले जनाएको छ ।