
उनीहरुलाई थप उपचारका लागि बिराटनगर न्युरो अस्पताल पठाइएको नेता झाले बताए । जनकपुरमा दुर्घटना भएको गाडीमा सिरहाका एमाले नेता कार्यकर्ता सवार थिए ।
यसरी भयो दुर्घटना
युवा संघका सचिवालय सदस्य सञ्जीव झाका अनुसार विहीबार जनकपुरमा पर्यटनसम्बन्धी एउटा कार्यक्रम आयोजना गरिएको थियो । पर्यटन संस्थामा आवद्ध एमाले नेता कार्यकर्ता उक्त कार्यक्रममा सहभागी हुन सिरहाबाट जनकपुर आइरहेका थिए । करिब साढे ३ बजेको समय थियो जनकपुरको मुजेलिया चोक एमाले नेता कार्यकर्ता सवार जीप एउटा स्कुल बसमा ठोक्कियो । र, दुई कार्यकर्ताको घटनास्थलमै मृत्यु भयो । ‘यताबाट स्कुल बस गइरहेको थियो । उताबाट हाम्रा साथीहरु चढेको जीप आइरहेको थियो’, झाले भने, ‘चोक थियो, बीचमा एक्कासी अर्काेतिरबाट ट्रक आइदियो । तिव्र गतिमा रहेको जीपका चालकले सन्तुलन गुमाए । र, जीप स्कुल बसमा ठोक्किन पुग्यो ।’
