लहान, २ साउन । यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमति पत्र लाइसेन्सको स्मार्टकार्ड वितरण शुरु गरेको छ । पहिलो चरणमा सवारी चालक अनुमतिपत्र लाइसेन्सको प्रतिलिपि बनाउन आउने सेवाग्राहीलाई स्मार्टकार्ड वितरण शुरु गरेको यातायात व्यवस्था कार्यालय लहानका शाखा अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।