पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

प्रकाशित समय 5:19:00 PM
विराटनगर, ६ साउन । नेपाल विद्यार्थी संघले ताला खोलेको चौविस घण्टा नबित्दै शुक्रबार विभिन्न ६ विद्यार्थी संगठनले पाँच सुत्रिय माग गर्दै  पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालयसहित परीक्षा र डिनको कार्यालयमा तालाबन्दी गरेका छन ।
नयाँ शक्ति विद्यार्थी यूनियन र अनेराश्ववियू क्रान्तिकारी सहितका विद्यार्थी संगठनले सवै सेमिष्टरका विद्यार्थीकालागि मौका परीक्षको व्यवस्था गरिनु पर्ने, परीक्षा भएको ४५ दिन भित्रमा परीक्षा फल सार्वजनीक गर्नुपर्ने, विद्यार्थीले परीक्षा राम्रो गरेपनि नतिजा फेल अउने गरेकाले परीक्षा कपीमा हुने गरेको अनियमितताको अन्त्य गरीनु पर्ने, रिचेक र रिटोटलीङ गर्दा लाग्ने शूल्कलाई न्यून गरिनु पर्ने र विश्वविद्यालयले आफनै शैक्षीक क्यालेण्डरको व्यवस्था गर्नु पर्ने माग राख्दै ताला बन्दी गरेका हुन ।
यसअघि नेपाल विद्यार्थी संघले पादाधिकारी नियुक्तीको विरोध गर्दै विश्वविद्यालयमा गरेको तालाबन्दी विहीबार खुला गरेको थियो । विश्वविद्यालयले परीक्षा नियन्त्रकमा प्राडा सूर्यप्रसाद संग्रौला, योजना प्रमुखमा सन्जेश कोइराला, अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा मिनवहादुर ढकाल र कानूनी सल्लाहाकारमा देवीप्रसाद घिमिरेलाई नियुक्त गरेको विरोधमा संघले तालाबन्दी गरेका थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »