गोलबजार, ९ साउन । लहान नगरपालिका–१५ ढोड्ना बस्ने जगदिश चौधरीको छोरा ५ वर्षीय जेम्स चौधरीको पोखरीमा डुबेर सोमबार मृत्यु भएको छ । घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुबेर असक्त भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।