जलेश्वर मन्दिरको कलाकृति नास गरिदै, अदालतको पनि अवहेलना

प्रकाशित समय 7:18:00 PM
जलेश्वर, १४ साउन । महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरको कलाकृती नास हुने गरी निर्माण कार्य भइरहेको भन्दै स्थानीयबासीहरुले विरोध जनाएका छन् । मन्दिरको पौराणिक एवं एतिहासिक बस्तुहरु नास गरिन लागिएको भन्दै उच्च अदालतले निर्माण कार्य रोक्न आदेश दिएपनि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले निर्माण कार्य जारी राखेको छ ।
स्थानीयबासीहरुले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बजेट सक्न अदालतको अवहेलना गर्दै निर्माण कार्य जारी राखेको बताएका छन् । जलेश्वरनाथ महादेव मन्दिरको मुलद्वारमा कुदिएका कलाकृती नास हुन नदिन उच्च अदालत जनकपुरले साउन ५ गते निर्माण कार्य रोक्न आदेश दिएको थियो ।
तर उक्त आदशेको अवहेलनता गर्दै बृहत्तरका अध्यक्ष एवं नयाँ शक्ति पार्टी नेपालका नेता रामकुमार शर्माले निर्माण कार्य जारी राखेका छन् । उच्च अदालत जनकपुरले सम्पूर्ण कागजातसहित अदालतमा उपस्थिति हुन र साउन १६ गतेसम्मको लागि आदेश जारी गरेपनि मन्दिरको गेट निर्माण कार्य रोकिएको छैन ।
जलेश्वर १ का जुगनु भनिने राम विलास मेहतरीले धार्मिक, ऐतिहासिक तथा पौराणिक सम्पदा जलेश्वरनाथ मन्दिरको मुख्य सिंहद्वार भत्काएको विरुद्धमा जनकपुर क्षेत्र विकास परिषद कार्यालय तथा अध्यक्ष, जिल्ला प्रसासन कार्यालय, ठेकेदार, जलेश्वर नगरपालिका र गुठी कार्यालयमाथी उच्च अदालत जनकपुरमा रिट दिएका थिए ।
रिटमाथी सुनुवाई गर्दै उच्च अदालतले पहिलो पटकको छलफलमा विपक्षीहरुलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेपनि वृहत्तरका अध्यक्ष रामकुमार शर्मा अनुपस्थित रहेका थिए । विपक्षबाट पर्याप्त सवुत प्रमाणहरु पेश नगरिदा उच्च अदालतले निषेधाज्ञा आदेश जारी गरेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »