ओलीको गृह जिल्लामा ‘राजपा’को पहिलो जित

प्रकाशित समय 8:26:00 PM
झापा
, २० असार । राष्ट्रिय जनता पार्टीका नेता दिनेशप्रसाद राजवंशीले स्वतन्त्र उम्मेदवारी दिएर झापा गाउँपालिका–५ को वडाध्यक्षमा जित हासिल गरेको छ । उनले चार सय १७ मत ल्याई निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का महेन्द्रप्रसाद राजवंशीलाई ३९ मतले पछि पार्दै जितेको हो । यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा भएको दोस्रो चरणको स्थानीय निर्वाचनमा राजपाले भाग नलिने जनाए पनि आफ्नो पकड देखिएको स्थानमा स्वतन्त्र उम्मेदवार खडा गरेको थियो । हालसम्मको प्राप्त परिणामअनुसार झापामा राजपाले जितेको यो पहिलो हो । यहाँ अध्यक्षमा नेपाली काँग्रेसका जयनारायण साह चार हजार ३९३ र उपाध्यक्षमा नेकपा (एमाले) की कुन्ती बुढाथोकी तीन हजार ८१६ मत प्राप्त गरी विजयी भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »