पत्नीको हत्या गरी टाउकोसहित प्रहरी कार्यालयमा आत्मसमर्पण

प्रकाशित समय 6:57:00 PM
नेपालगञ्ज, २७ असार । कोहलपुर–४ बेलनपुरका २९ वर्षीय मोहम्मद अफताब बेडवा सोमबार राति साढे १० बजेतिर इलाका प्रहरी कार्यालय कोहलपुरको गेटमा पुगे । रात्री ड्युटीमा रहेका प्रहरी सतर्क भए । उनले आफूसँगै ल्याएको पोको खोले । त्यसमा रहेको महिलाको टाउको देखाउँदै भने, ‘मैले पत्नीको हत्या गरें । आत्मसमर्पण गर्न आएको ।’
मध्यरातमा भएको उक्त घटनालगत्तै प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरेशप्रसाद काफ्लेसहितको टोली घटनास्थल पुग्यो । कोहलपुर नगरपालिका–१५ स्थित गेरुवा गाउँ जाने बाटोमा उनकी पत्नी २६ वर्षीया खुल्सन बेडवाको टाउकोबिनाको मृत शरीर पल्टिएको थियो । छेउमै सानो हिलाम्ये खाल्डोमा करिब ४ महिनाको बच्चा अलपत्र अवस्थामा रोइरहेको थियो ।
प्रहरीले बच्चाको तत्काल उद्धार ग¥यो । ‘हामी तुरुन्तै नगएको भए बच्चाको पनि मृत्यु हुन सक्थ्यो । निकै वीभत्स तरिकाले हत्या भएको रहेछ,’ डीएसपी काफ्लेले भने, ‘हत्यारा आफैं प्रहरीमा मृतकको टाउकोसहित आत्मसमर्पणका लागि आएको थियो ।’  बेडवाले घाँटी रेटेर पत्नीको हत्या गरेको उनले जनाए । त्योभन्दा पहिले उनले पत्नीको स्तन र छातीमा ३ पटक छुरी रोपेका थिए । सोमबार राति करिब १० बजे बेदवाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि उनले पत्नीको टाउको पोको पारी साइकलमा राखेर प्रहरी कार्यालय पु¥याएको बयान दिएका छन् ।
खुल्सन उनकी जेठी पत्नी हुन् । पहिलो बिहे गरेको ९ वर्षपछि उनले कान्छी भित्र्याएका थिए । खुल्सनबाट ६ र ४ वर्षअघि बिहे गरेकी कान्छी पत्नीबाट २ सन्तान छन् । मोहम्मद डकर्मी काम गर्छन् । प्रहरीका अनुसार पति–पत्नीबीच लामो समयदेखि झगडा हँुदै आइरहेको थियो । आफन्त, माइती पक्ष र छिमेकीले अनुरोध गरेपछि दुवैजना सोमबार बिहान बहराइचको एक मस्जिदमा झगडा गर्दैनौं भनी कसम खान हिँडेका थिए ।
रुपैडिहामा गाडी छुटेपछि घर फिर्ता भएका उनीहरूबीच बाटोमै सामान्य विवाद भएको प्रहरीले जनाएको छ । विवादकै क्रममा मोहम्मदले घरभन्दा २ किमि नजिकैको बाटोमा छुरी प्रहार गरी खुल्सनको हत्या गरेको प्रहरीले जनाएको छ । मोहम्मदलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको डीएसपी काफ्लेले बताए । अलपत्र अवस्थाका बालकलाई आफन्तको जिम्मा लगाइएको उनले जनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »