धनुषामा महिलाको हत्यामा संलग्न आरोपी पाँच वर्षपछि पक्राउ

प्रकाशित समय 7:04:00 PM
जनकपुर, १० साउन । महिलाको हत्यामा संलग्न रही फरार रहेका एक अभियुक्तलाई धनुषा प्रहरीले पाँच वर्षपछि पक्राउ गर्न सफल भएको छ । हालको मिथिला नगरपालिका एवं साविकको ढल्केवर ६ का २४ वर्षीय अमरेश कुमार चौधरीलाई ईलाका प्रहरी कार्यालय ढल्केबर बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । अमरेश माथि वि.स.२०६९ भदौ २३ गते जि धनुषा ढल्केबर ७ मा बस्ने सरस्वति देवि चौधरीको हत्यामा सङ्लग्न रहेको आरोप छ । सरस्वतिको हत्या पश्चात अमरेश फरार रहेका थिए । उनमाथि सोमबार नै धनुषा जिल्ला अदालतमा म्याद थप गरी थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »