प्रेम गरेको भन्दै युवतीलाई बीच सडकमै यसरी कुट्यो समाजले (भिडियोसहित)

प्रकाशित समय 6:12:00 PM
रुपन्देही, ५ साउन । यहाँस्थित मर्चवारमा भएको महिला हिंसाको एक गम्भीर घटनालाई प्रहरीले भद्रभलादमीको बहानामा पीडकलाई उन्मुक्ति दिएको रहस्य खुलासा भएको छ । प्रेम सम्बन्धमा रहेका दुई जना प्रेमीहरुको भेद खुल्दा किशोरीले अमानवीय यातना भोग्नु परेको छ । प्रेम सम्बन्धकै कारण किशोरीलाई उनको परिवार र छिमेकी समेतले चरम यातना दिएको भिडियो सार्वजनिक भएपनि प्रहरीले पीडकलाई कुनै कारवाही नगरी छोडेपछि यो घट्नाको चौतर्फी अलोचना र विरोध भइरहेको छ ।
बालछोरी प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि उनका बाबु, दाजुभाई र छिमेकीले समेत क्रुर तरिकाले उनलाई लाठी, मुक्का लगायतले प्रहार गरेको भिडियो सार्वजनिक भएको छ । यो घटना हो, रुपन्देहीको मर्चवारको । मर्चवारको सम्मरीमाई गाउँपालिका वडानम्बर ६ डिहुलीका एक स्थानीय यादव थरकी बालिकाको बालविवाह भएको थियो । पछि उनी आफ्््नै गाउँका २० बर्षीय दिने लोधको प्रेममा परिन् । प्रेम गर्नुको मूल्य पनि उनले ठूलै चुकाउनु प¥यो । प्रेममा रहेको थाहा पाएपछि उनका बाबु ईन्नर अहिर लगायत उनका परिवारले किशोरी र उनका प्रेमी लोधलाई फिल्मी शैलीमा चरम यातना दिएका थिए । घटना करिब १० दिन पहिलाको भएपनि स्थानीय युवाहरुले मोबाईलमा खिचेको भिडियो सार्वजनिक गरेपछि मात्र घटना बाहिर आएको हो ।
किशोरीलाई चरम यातना दिने उनका बाबु लगायत उनको परिवारले उल्टै केटा पक्षबाट जरिवाना तिराई पीडकलाई पुरस्कृत गरेका छन् । केटा दिनेश लोधले किशोरीको विवाह खर्च बापत नगद १ लाख केटीको बाबु ईन्नर यादवलाई बुझाएका छन ।
पीडकलाई छुटाउन एवम पुरस्कृत गराउन मर्चवारी माई गाउँपालिकाका अध्यक्ष केशव नन्दबनिया, सम्मरी माई गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष सत्यनारायण केवट र स्थानीय जनार्दन यादवको भुमिका मूख्य रहेको छ । स्थानीय जनताद्वारा निर्वाचित यी प्रमु्खहरुले पीडकलाई कारवाही गराउनुको सट्टा पिडकलाई पुरस्कृत गराएका छन् ।
पीडितलाई यातना दिने उनका बाबु तथा उनका परिवारलाई पनि प्रहरीले हिरासतमा लिए पनि कुनै कारवाही नगर्दा पीडित झन आहतभएकी छिन । ईलाका प्रहरी कार्यालय मर्चवारका निमित्त प्रमुख नरिश्वर अर्यालले बाबु ईन्नर अहिरलाई हिरासतमा लिएपनि उनी पटक पटक बेहोस हुने, बरबराउने गरेका कारण स्थानीय भद्र भलादमीको रोहवरमा छाडिएको बताए ।
रुपन्देहीको मर्चवारमा किशोरी चरम यातनाको शिकार हुँदासम्म महिला हिंसा लगायत बिभिन्न क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु मौन छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »