
गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको देखिन्छ । चर्को घामसँगै तातो हावा चल्दा दैनिक जीवनयापनसमेत प्रभावित भएको छ । एक हप्ताअघिको अत्यधिक वर्षा र बाढीको कहर सकिन नपाउँदै सुरु भएको अत्यधिक गर्मीले मानिसको चहल–पहलसमेत घटेको स्थानीयवासी बताउँछन् ।
गर्मीका कारण अस्पतालमा पखला, रुघाखोकी तथा ज्वरोका बिरामीका चाप बढ्नाका साथै सर्पदंशको घटनासमेत बढ्ेको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिए । सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा गर्मी बढ्ेसँगै दैनिक ४०÷५० जनासम्म बिरामी आउने गरेको अस्पतालका मेसु डा चुमनलाल दासले जानकारी दिए । अत्यधिक गर्मीका कारण जमिनमुनि बस्ने सर्प जमिनबाहिर निस्कन थाल्ने र सर्वसाधारणलाई टोक्ने क्रम बढेकाले जिल्ला अस्पतालसहित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्ेको छ ।
