पहाडी क्षेत्रमा वर्षापछि विभिन्न खोला तथा नदीमा आएको बाढीले सप्तकोसीको सतह बढेको हो । सतह सोमबारको तुलनामा भने मंगलबार केही घटेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए । कोसीमा पानीको वहाव १ लाख ५० हजार क्युसेक पुगेपछि राति बत्ती बाल्ने र रातो झन्डा फहराउने गरिन्छ ।
निर्माणताका ५० वर्षअघि १२ लाख क्युसेक पानी नियन्त्रण गर्ने क्षमताको कोसी ब्यारेजमा बालुवा भरिएर सतह माथि आएकाले अहिले ६ लाख क्युसेक भार मात्र बहन गर्ने प्राविधिक बताउँछन् । २०६५ भदौमा पूर्वी तटबन्ध भत्काएर कोसी गाउँ पस्दा नेपाल र भारतका हजारौं मानिस घरबारविहीन भएका थिए ।
