
२०६८ माघ ५ मा रामेछापको साबिक सैंपु गाविस १ सिरिसे, कवैटारकी १४ वर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्या भएको थियो । त्यतिबेला जिल्ला प्रहरी प्रमुख रहेका दासले महिनौंसम्म घटना अनुसन्धान अघि बढाएका थिएनन् । प्रहरीले मुख्य अभियुक्त श्याम राउतलाई पाँच वर्षपछि गत असार ११ मा भारतबाट पक्रेर ल्याई काठमाडौंको महेन्द्र पुलिस क्लबमा सार्वजनिक गरेको थियो । त्यस क्रममा मध्यक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश केसीले घटना अनुसन्धानमा प्रहरीले गम्भीर गल्ती गरेको भन्दै त्यसमा संलग्नमाथि कारबाही हुनैपर्ने बताएका थिए ।
