लहान, २३ असार । सप्तरीको सुरुङ्का नगरपालिका २ भेडिया स्थित रहेको जनता अधारभुत बिधालयमा शुक्रबार सरसफाई सम्बन्धि हाजरीजवाफ प्रतियोगिता सम्पन भएको छ । भिवाससिसि हर्दिया सप्तरीको आयोजना तथा खानेपानी तथा सरसफाई बिकास कोष समिति फन्ड बोर्ड र श्रीपुरार्ज सामुदायिक बिकास केन्द्र कुशहा सप्तरीको सहयोगमा भएको सो हाजिरीजवाफ प्रतियोगितामा पाँचवटा बिधालयका बिद्यार्थीहरुको सहभागिता रहेको श्रीपुरार्ज सामुदायिक बिकास केन्द्र कुशहा सप्तरीका सरसफाई अधिकृत लालबहादुर चौधरीले जानकारी दिए । हाजरीजवाफ प्रतियोगितामा सहभागी पाँच बिधालय मध्ये जनता अधारभुत बिधालय भेडिया प्रथम भए भने जनता आधारभुत बिद्यालय कमलपुर द्वितिय र राष्ट्रिय प्राथमिक बिद्यालय बाहुना तृतिय भए । विजेता समुहका बिधार्थीहरुलाई समाजसेवी भरत कार्कीले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्दै प्रशंसा समेत गरेका थिए ।श्रीपुरार्ज सामुदायिक बिकास केन्द्र कुशहा सप्तरीर्को अर्को प्रसंगमा, श्रीपुरार्ज सामुदायिक बिकास केन्द्र कुशहा सप्तरीको आयोजना तथा कारितास नेपाल गैडाकोट नवलपरासीको सहयोगमा ग्रामीण महिलाहरुको लागि सामाजिक आर्थिक सशतिmकरण कार्यक्रम अन्तर्गत २७ वटा बाल क्लब र २७ वटा महिला समुहलाई १ लाख २४ हजार २ सय मुल्य बराबरको त्रिपाल, बक्सा, रजिष्टर लगायता सामग्रीहरु श्रीपुरार्ज सामुदायिक बिकास केन्द्र कुशहा सप्तरीका अध्यक्ष सुखिलाल चौधरीले एक कार्यक्रम बिच वितरण गरेको आयोजक संस्थाका कार्यक्रम संयोजक रामबिर चौधरीले जानकारी दिए ।
