जनकपुर अञ्चल अस्पतालको सेवा शुल्क निजी भन्दा चर्को, अस्पतालकै एक डाक्टरले खोले रहस्य

प्रकाशित समय 6:56:00 PM

जनकपुर, २९ असार । जनकपुर अञ्चल अस्पतालको सेवा शुल्क निजी अस्पतालभन्दा बढी भएको रहस्य खुलेको छ । जनकपुर अञ्चल अस्पतालमा कार्यरत्त एक जना चिकित्सकले समाजिक सञ्जालबाट उक्त तथ्य सार्वजनिक गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
सरकारद्वारा आम नागरिकलाइ दिने गरेको हरेक सेवासुबिधा सम्भवतः निशुल्क हुनु पर्छ, कित बाहिर भन्दा सहज हुनु पर्ने हो । जनकपुर अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको टिकाटिप्पणी हुँदै आएको छ । तर यस अस्पतालमै कन्सल्टेन्ट सर्जनको रुपमा कार्यरत डा.एकानन्द सिंहले तथ्य सहित यस अस्पतालमा निजीको तुल्नामा चर्को शुल्क लिने गरेको समाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेपछि सर्वसाधारणहरु चकित भएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »